राजनीति

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।

आफूलाई आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै  चलाउनेले बुधबार सर्वोच्च अदालतमा दर्ता गरेका थिए। चलाउनेकाे रिटकाे पेशी शर्माको इजलासमा १० नम्बरमा परेकाे छ।

चलाउनेमाथि सांघातिक आक्रमण गर्ने सात जनाविरुद्ध असार ५ गते जिल्ला अदालतमा अन्तिम सुनुवाइ थियो। तर सरकारले त्यसअगावै जेठ ३० नै मन्त्रिपरिषद्को निर्णयबाट मुद्दा फिर्ता लिएर जिल्ला अदालत काठमाडौंलाइ मुद्दा फिर्ता लिन आइतबार निर्देशन दिइएको थियो। 

नेविसंघका योगेन्द्र रावल, दिपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रवीन कुमार लामा, सयुज श्रेष्ठ र निरज लामाविरुद्ध उपप्राध्यापक चलाउनेले ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएका थिए। अदालतमा मुद्दा विचाराधीन छ।

प्रकाशित: ७ असार २०८० ०५:४० बिहीबार

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा