राजनीति

महाभियोग चुनाव बिथोल्ने षड्यन्त्रः विवेकशील

काठमाडौं— सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधान न्यायाधीश सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव चुनाब बिथोल्ने षड्यन्त्र भएको विवेकशील नेपाली दलले जनाएको छ।

विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको ठहर गर्दै विवेकशीलले संविधानलाई लिकभन्दा बाहिर लैजाने दिशामा काम सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

'सेवा निवृत्त हुन लागेकी प्रधानन्यायाधीशलाई महाभियोग प्रस्ताव  लगाउनु पर्ने कार्यक्रम किन दर्ता भयो ? यसमा हस्ताक्षरकर्ताहरुको नियतमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ', विवेकशीलले भनेको छ।

'यो लोकतन्त्रमाथि लुटतन्त्रको हमला हो। तसर्थ, लोकतन्त्र बचाउन सम्पूर्ण सचेत नागरिकहरु जुट्नको लागि विवेकशील नेपाली दल आह्वान गर्दछ', विवेकशीलको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ वैशाख २०७४ ०७:०६ सोमबार

महाभियोग चुनाव बिथोल्ने षड्यन्त्रः विवेकशील