राजनीति

पूर्व प्रधानमन्त्री भट्टराईद्वारा महाभियोग प्रस्तावको विरोध

काठमाडौं-  पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध विभिन्न ९ आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गराएकोमा उनले ट्विट गर्दै त्यसको विरोध गरेका हुन्।

‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त? महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित?’

‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त? ‘ भन्दै उनले प्रश्न गरेका छन्। ‘महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित?’ भन्ने डा. भट्टराईले चिन्ता व्यक्त गरेका छन्।

‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त? महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित?’ उनको प्रतिक्रिया यस्तो छ।

महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाली कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका सचेतक माओवादी टेकबहादुर बस्नेत महाअभियोग प्रस्ताव लिएर सभामुख कहाँ पुगेका थिए। महाअभियोग प्रस्तावकमा कांग्रेसका मीनबहादुर विश्वकर्मा र समर्थकमा माओवादी टेकबादुर बस्नेतले हस्ताक्षर गरेका छन्।  प्रस्तावमा कांग्रेस माओवादीका २५१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७४ ११:५४ आइतबार

पूर्व प्रधानमन्त्री भट्टराईद्वारा महाभियोग प्रस्तावको विरोध