राजनीति

निर्वाचनको बीचमा बजेट ल्याउन पाइँदैनः आयोग

काठमाडौं– निर्वाचन आयोगले दुई चरणमा हुने निर्वाचनको बीचमा सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनु निर्वाचन आचार संहिताविपरीत हुने निर्णय गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षमा शनिबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो। आयोगले उक्त विषयमा सरकारको ध्यानार्षण गराउने पनि निर्णय गरेको छ।

सरकारको निर्णयअनुसार वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा भइसकेको, फागुन १८ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू भइसकेको अवस्थामा निर्वाचन पूरा नहुँदा सम्म सरकारले नीति कार्यक्रम तथा बजेट घोषणा गर्न नमिल्ने आयोगको निर्णय छ।

अायाेगकाे निर्णयसँगै सरकारले दुर्इ चरणमा निर्वाचन गरे जेठ १५ गते ल्याउनु पर्ने बजेट प्रभावित हुने भएकाे छ।

प्रकाशित: १६ वैशाख २०७४ १२:३६ शनिबार

निर्वाचनको बीचमा बजेट ल्याउन पाइँदैनः आयोग