राजनीति

राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चाकाे औपचारिक घोषणा

समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहबाट  समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको हो।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा  घोषणा गरिएको छ।

नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाएका छन्।

मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।

प्रकाशित: ४ असार २०८० ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App