राजनीति

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

फाइल तस्वीर

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ रहेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी रहेका छन्।

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा रहेका छन्। प्रधानमनत्री दाहालको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ।

आजै मात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उनले बताए।

प्रकाशित: ४ असार २०८० ०६:४७ सोमबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा