राजनीति

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन्।

सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री  दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका थिए।

मंगलबार दिउँसो ४ बजे मोदीले दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री  दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका थिए।
टेलिफोन बार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए।  

प्रकाशित: १२ वैशाख २०७४ १२:३९ मंगलबार

निर्वाचनलाई पूर्ण गर्छौं मोदी