राजनीति

गृहमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

उपप्रधान तथा गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं— वरियता विवादका कारण चैतदेखि मन्त्रिपरिषद बैठकमा अनुपस्थित हुँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आइतबारको बैठकमा सहभागी भएका छन्।सभापति शेरबहादुर देउवाले निर्वाचनको माहोल बिग्रने भन्दै बैठकमा सहभागी हुन निर्देशन दिएपछि उनी बैठकमा गएका हुन्।

‘सभापतिज्यूले निर्वाचनका लागि बैठकमा सहभागी हुन निर्देशन दिएपछि उहाँ मन्त्रिपरिषद बैठकमा जानु भएको हो’ मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले नागरिकन्युजसँग भने, ‘उहाँले राख्दै आएका अडान कायमै छन्। आफ्ना कारण निर्वाचनलाई प्रतिकूल असर नपरोस् भन्ने सोचबाट उहाँले काम गरिरहनु भएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन्न भएको थियो। वरियता विवादका कारण चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद् बैठक अवरुद्धै भएको थियो। त्यसयताका मन्त्रीपरिषदका वैठक निधीले निरन्तर अनुपस्थित हुँदै आएका थिए।

दाहालले कमल थापालाई दोस्रो बरियतामा ल्याएका थिए। निधिले कांग्रेससहितका दलहरुले सञ्चालन गरेको जनअान्दोलन-२ दमन गर्न शक्ति, सत्ता र पदको दुरुपयोग गर्ने थापाभन्दा तल्लो बरियता अाफ्ना लागि स्वीकार्य नभएको बताउँदै अाएका छन्।

प्रकाशित: १० वैशाख २०७४ ११:४० आइतबार

गृहमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी