राजनीति

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।  

अहिले उनको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा उपचार भइरहेको स्रोतले बताएको छ। गत मंगलबार मात्र उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुकाे एन्जिओग्राम गरिएको थियो। उनी बुधबार  डिस्चार्ज भएका थिए। 

प्रकाशित: २ असार २०८० ०२:४८ शनिबार

राष्ट्रपतिको मुटुमा पुनः समस्या अस्पताल भर्ना