राजनीति

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

फाइल तस्बिर

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।  

राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ कार्यक्रम रहेको सर्वोच्चले जनाएको छ। सर्वोच्चका अनुसार कार्कीले आजै प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने बताइएको छ। 

सर्वोच्चले कार्कीको कार्यभार ग्रहणमा पत्रकारहरूलाई निमन्त्रणसमेत गरेको छ ।

प्रकाशित: १ असार २०८० १०:४९ शुक्रबार

हरिकृष्ण कार्की