राजनीति

नयाँ शक्तिले एक साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने भएको छ। केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनको तयारीमा सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।  

निर्वाचनको लागि नयाँ शक्ति पार्टीले प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने समेत निर्णय गरेको छ।

निर्वाचनको लागि नयाँ शक्ति पार्टीले प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने समेत निर्णय गरेको छ। यस्तै नयाँ शक्तिको विचार, सिद्धान्त र ५ ‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुल्ला राख्ने भएको छ। नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको एकताको चर्चा चलिरहँदा पार्टीको यस्तो निर्णय आएको हो।

नयाँ शक्ति लगायत संसदमा प्रतिनिधित्व नभएका दलहरुले निर्वाचन चिन्ह पाएका छैनन्। उनीहरुले निर्वाचन चिन्ह पाउनु पर्ने माग राख्दै आएका छन्।

प्रकाशित: ८ वैशाख २०७४ १२:३५ शुक्रबार

शक्तिले साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने