राजनीति

कोरम नपुगेपछि संसद बैठक अाइतबार बस्नेगरी स्थगित

काठमाडौं– व्यवस्थापिका संसदको बैठक वैशाख १० गते अाइतबार बस्ने गरी स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक आवश्यक सदस्य संख्या(कोरम) नपुगेपछि बस्न नसकेकाे हाे।

बैठक सञ्चालनका लागि १ सय ४९ सदस्य(एक चौथाई) संख्या आवश्यक भए पनि जम्मा ९० सांसद मात्र बैठकमा उपस्थित भएका थिए ।

बुधबार बस्न लागेको बैठकमा सभामुखले संसदमा दर्ता भएका विधेयकलाई प्रस्तुत गर्न अनुमति दिनु अघि नै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपस्थित सांसदको संख्या गणना गर्न माग गरेका थिए।

सांसदको संख्या नपुगेपछि बैठक स्थिगित भएको हो।

प्रकाशित: ७ वैशाख २०७४ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App