राजनीति

भारत भ्रमण छोट्याएर परराष्ट्रमन्त्री भाेलि फर्किंदै

भारत प्रस्थान गर्नुअघि काठमाडौं विमानस्थलमा राष्ट्रपति भण्डारी

काठमाडौं— भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे भ्रमण टाेली सदस्य परराष्ट्रमन्त्री प्रकाशरण महत भ्रमण छाेट्याएर भोलि बुधबार स्वदेश फर्कने भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रपति भण्डारीसँगै मन्त्री महत पनि वैशाख ८ गते नेपाल फर्किने कार्यक्रम भए पनि भ्रमण छाेट्याएर उनी बुधबार फर्किने भएका थिए। 

(यसअघिकाे समाचारमा परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्किने हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ। परराष्ट्र मन्त्रालयको स्रोतका अाधारमा लेखिएको सो समाचारबाट पाठक एवं सम्बन्धित पक्षमा पुगेको असुविधाका लागि क्षमाप्रार्थी छौं – सम्पादक)

प्रकाशित: ५ वैशाख २०७४ १४:४९ मंगलबार

भारत भ्रमण छोट्याएर परराष्ट्रमन्त्री भाेलि फर्किंदै