राजनीति

‘निर्वाचनका लागि सुरक्षा प्रबन्ध राम्रो अवस्थामा’

प्रधानमन्त्री दाहाल सुरक्षा अंगका प्रमुखसँग।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा अङ्गका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दिलित रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

वैशाख ३१ मा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको दृष्टिले कुनै चुनौती नरहेको उनीहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्।

प्रधानमन्त्री दाहालले सुरक्षा अंगका प्रमुखहरुसँग निर्वाचन सुरक्षा तयारीबारे छलफल गरेका हुन्। प्रधानमन्त्री दाहालले वैशाख ३१ मै निर्वाचन सम्पन्न हुने बताउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न चारजनै प्रमुखहरुलाई निर्देशन दिए।

सुरक्षा अंगका प्रमुखहरुले निर्वाचनको सुरक्षा प्रबन्धबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए। वैशाख ३१ मा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको दृष्टिले कुनै चुनौती नरहेको उनीहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनविरोधी अभिव्यक्ति सार्वजनिक गरेको बेला प्रधानमन्त्रीले सुरक्षा अंगका प्रमुखसँग निर्वाचन सुरक्षाबारे छलफल गरेका हुन्।
 

प्रकाशित: ५ वैशाख २०७४ ०४:३३ मंगलबार

निर्वाचनका लागि सुरक्षा प्रबन्ध अवस्थामा