राजनीति

नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने मन्त्रीपरिषद्को निर्णय

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद्को  बैठकले  आगामि आर्थिक वर्ष ०८०/८१को कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरिएको बताए।

यस्तै कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेशसभाको चालु अधिवेशनको जेठ ३१ गतेको बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने र प्रदेश सभालाई प्रदेश प्रमुखले सम्बोधन गर्नका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको सिटौलाले जानकारी दिए।  प्रदेश सभाको बैठक जेठ ३१ गते बोलाइएको छ।  

प्रकाशित: ३० जेष्ठ २०८० १३:१० मंगलबार

कोशी प्रदेश