राजनीति

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

वैशाख—वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आईतवार सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। 

जिल्ला अदालत रहेको भवनमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएपछि निर्वाचनसम्बन्धी काम सुरु हुने जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यायले जानकारी दिए। मतपत्र, मतपेटिका र मतदान केन्द्रमा खटिने कर्मचारी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई हुने र बाँकी प्राविधिक काम जिल्ला निर्वाचन कार्यालयलाई हुने मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। 

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयका लागि ११ जना कर्मचारी व्यवस्था गरिएको छ।१२ गतेदेखि उम्मेदवारको मनोनयन दर्ता लगायतका निर्वाचनसम्बन्धी कामहरु बढी हुने भएकाले त्यसलाई सहज बनाउन थप जनशक्ति व्यवस्थापन गर्न सकिने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले बताए।

जिल्ला स्तरमा आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै जिल्लाका तिनवटा गाउँ पालिकामा सोमबार देखि नै निर्वाचन अधिकृतका कार्यालय स्थापना हुने बुढाको भनाई छ।

जिल्लामा एक नगर पालिका, तिन गाउँ पालिका तथा पैतालिस वडाहरु र साठी मतदान केन्द्र बनाईएको छ।

 

प्रकाशित: ३ वैशाख २०७४ १०:३२ आइतबार

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना