राजनीति

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी

मञ्जु उप्रेती

रामेछाप-  जिल्लामा राजनीतिक दलहरुले स्थानीय निर्वाचनको लागि उम्मेदवार घोषणा गर्न सुरु गरेका छन्।

माओवादी केन्द्रले मन्थली नगरपालिका लागि आइतबार उम्मेदवार घोषणा गरेको छ। २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा मन्थली नगरपालिकामा माओवादी केन्द्रले पूर्व सभासद तारानारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको हो।  

मूख्य ३ ठूला दल मानिएका राजनैतिक दल मध्येका कांग्रेस र एमालेमा आकांक्षीको संख्या १ भन्दा बढी रहेका कारण ती दलहरु आन्तरिक व्यवस्थापनमा नै व्यस्त रहेका छन। उनीहरुका लागि पार्टीको हितमा हुने गरे टिकट दिन सकस बनेको छ। मन्थली नगरपालिकामा मेयरमा दावी गर्ने कांग्रेसमा ८ जना र एमालेमा ३ जनाको नाम चर्चामा रहेको छ।

माओवादी केन्द्रले जिल्लाकै अर्को नगरपालिकामा भने उमेद्वार घोषणा गरेको छैन। जिल्ला स्थित सबै दलहरुले स्थानीय तहमा नै निर्विरोधरुपमा चयन भएका उमेद्वारहरुलाई भने पार्टीको आधिकारिक उमेद्वार मानेर घोषणा समेत गर्दै आएका छन। जिल्लाका अधिकांश दलहरुको तल्लो तहमा भने उमेदवारको घोषणाको संख्या सबैको बढी नै रहेको छ तर मुख्य पदमा भने अझै पनि अन्योलको अवस्था नै रहेको छ।

                 

 

प्रकाशित: ३ वैशाख २०७४ ०९:४० आइतबार

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी