राजनीति

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ। कार्कीका पिता ८६ वर्षीय कृष्ण्मोहन कार्कीको बिहीबार दिउँसो केहीबेर निधन भएको हो।

नेपाली कांग्रेसका पुराना नेता कार्कीको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनियाका कारण करबि ३ सातादेखि उनको उपचार अस्पतालमै भइरहेको थियो।
कार्कीका जेठो ज्ञानेन्द्रबहादुरसहित ५ छोरा र ३ छोरी छन्।

२००६ सालदेखि नै नेपाली कांग्रेसकाे राजनीतिमा सक्रिय कार्की २०४६ सालकाे अान्दाेलनमा भाेजपुरस्थित घरैबाट गिरफ्तारीमा परि केही समय जेल जीवन समेत विताएका थिए ।

उनको पार्थीव शरीरलाई आजै पशुपती आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित: ३१ चैत्र २०७३ ०९:१६ बिहीबार

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक