राजनीति

मोर्चाद्वारा संविधान संशोधन विधेयक अस्वीकार, निर्वाचनमा सहभागी नहुने

सांकेतिक फाइल तस्विर

काठमाडौं— सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ। मोर्चा र एमालेलाई मान्य हुने भन्दै सरकारले संविधान संशोधन गर्न मंगलबार ११ बुँदे नयाँ विधेयक संसदमा दर्ता गराएको थियो।

सत्ता गठबन्धनबाट धोका भएको भन्दै मोर्चाले सरकारले ल्याएको विधेयकको विरोध र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।

बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले  संविधान संशोधनको नयाँ विधेयक विगतमा भएका सम्झौताका भावनाविपरित अाएको आरोप लगाएको छ। सत्ता गठबन्धनबाट धोका भएको भन्दै मोर्चाले सरकारले ल्याएको विधेयकको विरोध र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।

संविधान संशोधन विधेयक अस्वीकार गर्ने निर्णय गरेको मोर्चाले आन्दोलनका कर्याक्रमसमेत घोषणा गरेको छ। चैत ३१ गते तराईका सबै जिल्लामा प्रदर्शन गर्ने, वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने तथा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको छ।

स्थानीय तहको अधिकार कटौती गर्नेगरी सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति प्रमुख विपक्षी एमालेले विरोध जनाइसकेको छ।

प्रकाशित: ३० चैत्र २०७३ ०८:४८ बुधबार

मोर्चाद्वारा संविधान संशोधन विधेयक अस्वीकार निर्वाचनमा सहभागी नहुने