राजनीति

'मधेसी मोर्चाबाट हाम्रा छोरी–बुहारीलाई किन यस्तो?'

सोमबार संसदमा बोल्दै सांसद सत्य नारायण मण्डल

काठमाडौं—एमाले सांसद सत्यनारायण मण्डलले सोमबार संसदमा बोल्दै मधेसी मोर्चाका कारण छोरी-बुहारी असुरक्षित भएको आरोप लगाएका छन्। आइतबार समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादबको नेतृत्वमा गएको हुलले सप्तरीस्थित घरभित्र प्रवेश गरी आफ्नी श्रीमती तथा बुहारीलाई लछारपछार गरेको विवरण उल्लेख गर्दै उनले भने, 'सभ्य समाजका लागि यस्तो हर्कत सुहाउने कुरा होइन।'

'मेरी आमा, मेरी श्रीमतीले के गरेका छन्? सभामुख महोदय पनि एउटा नारी हुनुहुन्छ। राजनीति गरेको मैले हो', उनले भने, 'यो कुनै सभ्य समाजमा सुहाउने कुरा हो?'

सरकारको संरक्षणमा मधेसी मोर्चाले देशमा गुण्डागर्दी चलाइरहेको उनको आरोप थियो। 'मेरी आमा, मेरी श्रीमतीले के गरेका छन्? सभामुख महोदय पनि एउटा नारी हुनुहुन्छ। राजनीति गरेको मैले हो', उनले भने, 'यो कुनै सभ्य समाजमा सुहाउने कुरा हो?'

यसअघि एमाले नेता सुमन प्याकुरेलकी श्रीमती तथा बुहारीलाई सप्तरीमै मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेको उनले स्मरण गरे।

'म सभामुख महोदयमार्फत सदन सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। मधेसी मोर्चाका दलहरु लोकतन्त्रमा विश्वास गर्छन् वा गुण्डागर्दीमा?', उनले भने।

दलमा आवद्ध नभएका सर्वसाधारणको सुरक्षा कसले गर्ने भनेर सांसद मण्डलले चिन्ता व्यक्त गरे।

 

प्रकाशित: २८ चैत्र २०७३ ०९:११ सोमबार

मधेसी मोर्चाबाट हाम्रा छोरी–बुहारीलाई किन यस्तो