राजनीति

जिल्ला निर्वाचन खारेजीबारे दलहरुसंग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे आयोगको सभाहलमा बस्नेगरी बैठक बोलाइएको हो।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो।

प्रकाशित: २६ जेष्ठ २०८० ०१:११ शुक्रबार

निर्वाचन आयोग