राजनीति

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छिन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेकाे संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 

प्रकाशित: २५ जेष्ठ २०८० १२:१६ बिहीबार

नेपाली कांग्रेस सुशीला थिङ