राजनीति

सांसद पन्तको बजेटमाथिको टिप्पणी ‘बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसक्ने अवस्था छ’

प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट माथि टिप्पणी गर्दै यसलाई ‘गहत’को दालको संज्ञा दिएका छन्।

उनले एउटा गरिब परिवारकी आमाले आफ्नो सन्तानलाई ‘रहर’को दाल भनेर ‘गहत’को दाल खुवाएको कथा भन्दै उक्त टिप्पणी गरेका हुन्।

‘अर्थमन्त्री ज्यूले गहतको दाललाई रहरको दाल भनिरहनु भएको छ, सत्तापक्षकाहरु टेबुल ठटाइरहनु भएको छ’, सांसद पन्तले भने। उनले प्रतिपक्ष तथा विपक्षी दलहरुले बजेट बिरोध गरिरहेको भएपनि सत्तापक्षहरुले गहतको दाललाई गहतको दाल भनिरहेका अर्थमन्त्रीको पक्षमा टेबुल ठटाइरहेको बताए।

‘यो बजेटले निराशा ल्यायो, तोरीको तेल, आलु र प्याजको भाउ बढ्यो। बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसकिने अवस्था आयो’, उनले भने। सांसद पन्तले सर्वसाधारण चुलोमा दिनहुँ पाक्ने खाद्य वस्तुहरुमा कर बढाइएकोमा रोष व्यक्र गरे। उनले बजेटमा समाजवाद भन्ने शब्द नभएको समेत उल्लेख गरे।

प्रकाशित: २५ जेष्ठ २०८० ०९:२५ बिहीबार

नेता रघुजी पन्त