राजनीति

सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाइयो, ठूलाबडाले चढनेमा घटाइयो: राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाएर ठूलाबडाले चढ्ने लक्जेरस गाडीमा कर घटाएको आरोप लगाएका छन्।

‘सर्वसाधारणले किन्न सक्ने गाडीमा कर बढाइयो। ठूलाबडाले चढ्ने लक्जेरस गाडीमा कर घटाइयो’, बिहीबार बजेट माथिको छलफलमा भाग लिदै उनले भने, ‘यस्तो चिजले स्वभाविक रुपमा अन्यौल सिर्जना भएको छ।’

अध्यक्ष लिङदेनले बजेट आउनुभन्दा अघि ५/६ सय वटा गाडीहरु भित्रिएका सुचनाहरुले पनि अन्यौल सिर्जना गरेको बताए। ‘विद्युतीय गाडी प्रयोगमा प्रोत्साहित गर्ने र कालान्तरमा पेट्रोलियम पदार्थ घटाउने भनेका छौं। तर यसले त्यसमा बल पुगेको देखिएन’, उनले भने।

अध्यक्ष लिङदेनले विद्युतीय गाडी र बसलाई पूर्ण रुपले भन्सार छुट दिनुपर्ने बताए। ‘हामीले त्यसमा आट गरेर जानुपर्छ’, उनले भने।

प्रकाशित: २५ जेष्ठ २०८० ०७:४८ बिहीबार

अध्यक्ष राजेन्द्र लिङ्देन विद्युतीय गाडी