लमजुङ – उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।
आज लमजुङमा स्थानीय तहका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले वैशाख ३१ मै चुनाव हुने भएकाले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
“वैशाखमा निर्वाचन हुँदैन की भनेर शङ्का नगरौ, सवैतिरबाट चुनावको तयारी तीव्र भइरहेको छ,” उनले भने । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको र सरकारले सक्दो सहयोग गरेको उनले बताए । रासस
प्रकाशित: २६ चैत्र २०७३ १३:४५ शनिबार