राजनीति

निर्वाचनको बेला संशोधन असान्दर्भिक: पौडेल

पाल्पा-  नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताएका छन्।

शनिबार तानसेनमा पत्रकार भेटघाटका क्रममा पौडेलले सरकारले देश स्थानीय निर्वाचन केन्द्रित भैरहेको समयमा संशोधनको औचित्य नभएको दावी गरे। उनी भन्छन्, ‘नेकपा एमाले वैशाख ३१ गते देशभर चुनाव गर्न प्रतिवद्ध छ। तर नेकपा माओवादी केन्द्रलाई चुनाव सार्न मन छ। अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा संविधान कार्यान्वयन गर्न चुनाव तोकिएको समयमै हुनु आवश्यक छ।’

                नेकपा एमालेका उपमहासचिव पौडेलले स्थानीय तहको निर्वाचनबाट प्रदेश नं. ५ एमालेको सबैभन्दा शक्तिशालि जिल्ला हुने समेत दावी गरे। ‘हामीले १२ जिल्लाका पार्टी अध्यक्षहरुको प्रारम्भिक रिपोर्ट लिईसक्यौं । एमाले यस प्रदेशको सबैभन्दा ठूलो पार्टी सावित हुनेछ,’–पौडेलले भने । मतदाताको विश्वास कसरि जित्ने, निर्वाचनको सुनिश्चितता कसरी गर्ने, उमेदवारहरु छनौट लगायतको रणनीति तय गर्न प्रदेशको संगठन कमिटीको बैठक चलिरहेको उनले बताए ।

                उपमहासचिव पौडेलले मेचीमहाकाली अभियान शानदार रुपमपा सफल भएको बताउँदै कुनै पनि अवस्थामा पहाडलाई तराईबाट अलग्याउन नदिने समेत बताए।

प्रकाशित: २६ चैत्र २०७३ ११:०६ शनिबार

निर्वाचनको बेला संशोधन असान्दर्भिक पौडेल