राजनीति

सिमा विवाद स्थापित संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेका छौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमा सम्बन्धी बिषय स्थापित कुटनीतिक संयन्त्र मार्फत  समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका जानकारी दिएका छन्।

उनले बुधबार राष्ट्रिय सभा सदस्यहरुले सोधेका प्रश्नहरुको जानकारी दिदै प्रधानमन्त्री दाहालले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले सिमालगायतका सबै समस्या समाधान गरिने छ भनेर स्पष्ट शब्दमा राख्नुभएको छ।’

प्रधानमन्त्री दाहालले सिमावर्ती क्षेत्रमा बाढी र डुबानका बारेमा पनि छलफल भएको बताए। ‘बाढी सुरु हुनु अघि दुई पक्षिय संयन्त्रलाई तत्काल सक्रिय बनाउन प्रधानमन्त्री मोदी र मैले निर्देशन दिइसकेका छौं’, उनले भने।

प्रकाशित: २४ जेष्ठ २०८० ०६:२५ बुधबार