राजनीति

मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला

पर्सा- नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्सा शाखाले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मोर्चालाई सहभागी नगराइ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी बताए।

उनले तराईको समस्यालाई काठमाडौंका नेताले नबुझेको बताउँदै मध्यमार्गी शक्तिको रुपमा रहेको मधेसी मोर्चालाई निवार्चनमा सहभागी गराएर देश विकासमा साथसाथै अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे। रासस

प्रकाशित: २४ चैत्र २०७३ ०६:०० बिहीबार

मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ कोइराला