राजनीति

खप्तड अब ‘खप्तड विकास कोष’ मा परिणत हुनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन्।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गरदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे।

खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले भने, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन। अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ। विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ। त्यसपछि पर्यटकको ओइरो लाग्नेछ।”

प्रकाशित: २३ जेष्ठ २०८० ११:०२ मंगलबार