राजनीति

नेपालमा निष्ठाको खडेरी पर्‍योः पूर्वराजा

पूर्वाराजा ज्ञानेन्द्र शाह। फाइल तस्विर

काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाहले रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिँदै नेपालको राज्य प्रणालीमा निष्ठाको खडेरी परेको जनाएका छन्।

‘परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी हो’, उनले भनेका छन्

रामनवमीले त्याग, मार्यादा र लोकमान्यता जस्ता उच्च गुण सम्झना गराउने भन्दै उनले भनेका छन्, ‘मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ।’

पूर्वराजाले नेपालको वर्तमान राज्य प्रणालीमा निष्ठा, सत्य र लोकसम्मत भावनाको खडेरी परेको उल्लेख गरेका छन्।

‘परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी हो’, उनले भनेका छन्, ‘त्यसैले भगवान रामले देखाएको सत्य निष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्थाजस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको छ’, उनले भनेका छन्।

उनले रामनवमी अवसरमा नेपाली भुलोकमा सबैलाई ‘सबैको हित गरौं’ भन्ने दिव्य आदर्श दिन सकोस् भन्ने कामना गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७३ ०९:४० बुधबार

नेपालमा निष्ठाको खडेरी पर्‍योः पूर्वराजा