राजनीति

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचनका बिषयमा चासो व्यक्त गर्नु भएको थियो। त्यस अवसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक लजिस्टिक सहयोगका लागि आग्रह गरेका थिए। 

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निमार्णमा गरेको सहयोगका लागि धन्यवाद दिएका हुन्। सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीचआपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो।

 

प्रकाशित: २२ चैत्र २०७३ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App