राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई आज आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयलले विज्ञप्ति मार्फत जनाएको छ।
साथै उल्लेखित राजदूतहरु क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २२ जेष्ठ २०८० १२:४१ सोमबार