राजनीति

अखण्ड भारतको नक्सा मैले नी टिभीमा देखेको हुँ,कुरा उठाए : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा भएको अखण्ड भारतको नक्सा आफूले पनि टिभीमा मात्र देखेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारतको नयाँ संसद भवनमा भएको अखण्ड भारतको नक्सा आफूले पनि टिभीमा मात्र देखेको बताएका हुन्।

उनले भने, ‘मोदी र म त्यहाँ पुगेकै छैनौँ। देखेको पनि छैन मैले त टिभीमा मात्रै देखेको हो। त्यो पनि नेपालमै। त्यहाँ गएर मैले र मोदीले फोटो खिचेको कुरा मोर देन झूटो हो।’,  

दाहालले अखण्ड भारतको नक्साबारेमा पनि छलफल गरेको बताए। 

प्रकाशित: २२ जेष्ठ २०८० ०९:५१ सोमबार

अखण्ड भारतको नक्सा