राजनीति

दुई-दुई पटक पारित विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाहीको दायरामा ल्याउनुपर्छः सांसद सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दुवै सदनबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

उनले सोमबार प्रतिनिधिसभाको बैठक उक्त कुरा बताएका हुन। ‘यो संविधान र कानून भन्दा माथि कोही हुन सक्दैन। दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाही गर्नुपर्छ’, सांसद सिंहले भने। उनले संविधान देखाउँदै यो टिप्पणी गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरणका बिषयमा स्पष्टिकरण दिने बेलामा प्रतिपक्ष दल नेकपा एमालेले अवरोध सिर्जना गरेका थिए। नेकपा एमालेका सासंद रघुजी पन्तले अदातलमा गइसकेको बिषयमा बोल्न पाइदैन भनेर प्रधानमन्त्री दाहाललाई प्रमाणीकरण विधेयकबारे नबोल्न सचेत गराएका थिए।  

यसैबीच सिंहले संविधान देखाउँदै तत्कालिन राष्ट्रपति संविधान बमोजिम किन विधेयक रोकेर राखेको भन्दै प्रश्न गरे र कारवाही हुनुपर्ने जिकिर गरे।

प्रकाशित: २२ जेष्ठ २०८० ०९:२४ सोमबार

अमरेशकुमार सिंह