राजनीति

‘प्रधानमन्त्री भैंसी चढेर आएको’ वाक्य संसद्को रेकर्डबाट हटाइयो, फेरी सुचारु भयो सदन

सभामुख देवराज घिमिरेले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भन्ने वाक्य संसदको रकर्डबाट हटाउन निर्देशन दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘हामी चाहन्थ्यौं। प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नुहुन्छ भनेर तर दूर्भाग्यवस भसी चढेर आएको कुरा आए’ भनेपछि सोमबारको संसदमा हंगामा भएको थियो।  

यसप्रति नेकपा माओवादी केन्द«का सांसदहरुले आपत्ति जनाएपछि सभामुख घिमिरले उक्त वाक्य हटाउन निर्देशन दिएका हुन। माओवादी केन्द«का सांसद हितराज पाण्डेले उक्त वाक्य हटाउन सभामुखलाई आग्रह गरेका थिए।  

उनको आपत्तिपछि सभामुख घिमिरेले भने, ‘भैंसी चढेर आएको भन्ने शब्द जल्ले बोल्नु भएको भएपनि यो शब्द रेकर्डबाट हटाउन निर्देश गर्छु। जसले बोलेको भएपनि भैंसी चढेर आएको भन्ने शब्दलाई यहाको रेकर्डबाट हटाउन निर्देशन गरी सकेपछि माननिय सदस्यहरु अगाडी बढनुहोस । आसन गरौं।’

उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल भैंसी चढेर आएको’ वाक्य संसदको इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर हटाउन निर्देशन दिएको बताए। यति भनेर बारम्बार आग्रह गरेपछि मात्र संसद सुचारु भएको हो।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:४७ सोमबार