प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चारदिने भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेको बुझिएको छ ।भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्केका हुन।
भारत भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री दाहालले नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए।
प्रकाशित: २२ जेष्ठ २०८० ०५:४१ सोमबार