राजनीति

अायोगले सार्वजनिक गर्‍यो मतदाता नामावली, १ करोड ४० लाखले भोट हाल्न पाउने

काठमाडौं— निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

पुरुष ७० लाख ६९ हजार ७१४ छन्। महिला ६९ लाख, ८४ हजार ६२५ मतदाता छन्।

आयोले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार एक करोड ४० लाख  ५४ हजार ४ सय ८२ तय गरेको छ।

मुलुकभरिका मतदातामध्ये पुरुष ७० लाख ६९ हजार ७१४ छन्। ६९ लाख, ८४ हजार ६२५ महिला मतदाता रहेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए। तेस्रो लिङ्गी १४३ रहेको अायोगले जनाएको छ।

आयोगले फागुन ९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। ती नामावलीलाई संघीय संरचनाअनुसार परिमार्जन तथा त्रुटि सच्याएर आइतबार सार्वजनिक गरिएको हो।

प्रकाशित: २० चैत्र २०७३ १३:२७ आइतबार

अायोगले सार्वजनिक गर्‍यो मतदाता नामावली करोड ४० लाखले भोट हाल्न पाउने