राजनीति

नागरिकता विधेयक खारेजको माग गर्दै नेमकिपाको प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध प्रदर्शन गरेको छ।  

आइतबार राजधानीमा नेमकिपाले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध  जुलुस र धर्ना कार्यक्रम गरेको हो।

नेमकिपाले काठमाडौंको कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो। देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाको आरोप छ।

प्रकाशित: २१ जेष्ठ २०८० ०७:३३ आइतबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नागरिकता विधेयक प्रमाणीकरण