राजनीति

संसद्मा एमालेको अवराेध, प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नु पर्ने माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका छन्। पूर्व निर्धारित विरोधको कार्यक्रमका अनुसार एमालेले आजको बैठक अवरोध गरेको हो।  

एमाले सांसद्हरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए।  

प्रमुख सचेतक गिरीले भने, 'यो विधेयक निस्क्रिय राखेर नयाँ संशोधन प्रस्ताव राखेर एक हप्ता भित्र घनिभूत छलफल गरेर स्वीकृत गर्नुुपर्छ। भूपरिवेष्ठित राष्ट्रले समुद्रसम्म पाउने फुलबारी बन्दरगाह पाउनका निम्ति लिम्पियाधुरा दिने कुरा भएको छ। यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु दुःख हो।  प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नुपर्छ। छिटोभन्दा छिटाे नागरिकता विधेयक दर्ता गर्नुपर्छ।'

यसैबीच सभामुख देवराज घिमिरेले भने, 'हामी बजेट छलफल  गरेर टुङग्याउने पर्ने अवस्था छाै‌। त्यसैले याे बैठक गरेका छौं। सरकारले स्पष्टिकरण दिनेछ ।  त्यसैले नियमित कारवाहीमा फर्किन विशेष अनुरोध गर्दछु।'

प्रकाशित: २१ जेष्ठ २०८० ०६:४८ आइतबार

संसद् बैठकमा एमालेको अवराेध प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नु पर्ने माग