राजनीति

नेपाल फर्कन जहाज चढे प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कन जहाज चढेका छन्।

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमान स्थलमा भारतीय विदेश मन्त्रालयका राज्य मन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।

तस्बिर: प्रदीप राज वन्त।

प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए। पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सहभागी थिए।

प्रकाशित: २० जेष्ठ २०८० ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App