राजनीति

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना मनोनीत गरेको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा १३ जना मनोनीत गरेको हो।

मनोनीत हुनेमा मुकुन्द न्यौपाने प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली,हेमराज राई ,ठम्बर विष्ट,उमाशंकर अरगरिया, अजय गुप्ता,एकवाल मिया,गणेश खनाल,प्रेम तामाङ,यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन्।  

त्यस्तै बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ।

प्रकाशित: १९ जेष्ठ २०८० १३:१० शुक्रबार

नेकपा एमाले