राजनीति

उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरीबीच भेट

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ।

गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए। जबाफमा राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्बाचनमा पनि सहयोग गर्ने उल्लेख गरे।

सो भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गरे। राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए।

 

 

 

प्रकाशित: १५ चैत्र २०७३ ११:२८ मंगलबार

उपप्रधानमन्त्री निधि भारतीय राजदूत पुरीबीच