राजनीति

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका हुन्।

लोसपाले समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ भन्दै यस प्रक्रियामा न्यासङ्गतरुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: १७ जेष्ठ २०८० १४:२७ बुधबार

अध्यक्ष महन्थ ठाकुर