राजनीति

कांग्रेसमा माइन्युट समिति गठन

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको निर्णय लेख्न पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा सशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, फर्मुल्लाह मन्सुर र मानबहदुर बिक रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले नागरिकन्युजलाई जानकारी दिए।

आइतबारदेखी जारी केन्द्रीय समितिले यस अघि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई समिति गठन गरिसकेको छ। बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचिन परिचालन समिति तथा नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको थियो। बैठकमा आज सम्म २४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बैठक भोली पुन बस्न छ।

जारी केन्द्रीय समिति बैठकले स्थानीय तहअनुसारको पार्टीको सांगठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयनका विषयमा पनि निर्णय लिनेछ।

 

 

 

प्रकाशित: १४ चैत्र २०७३ १३:१७ सोमबार

कांग्रेसमा माइन्युट समिति गठन