राजनीति

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका छन्।

बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराइ राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्।

उनले लखेका छन्,'नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।'

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

प्रकाशित: १७ जेष्ठ २०८० ०८:२४ बुधबार

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी नागरिकता विधेयक प्रमाणिकरण