राजनीति

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ  – एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शुक्रबार नै बोआओ पुगेका हुन् । रासस 

प्रकाशित: ११ चैत्र २०७३ १०:३३ शुक्रबार

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार