राजनीति

प्रधानमन्त्री चीन उड्नुअघि किन अाए चिनियाँ रक्षामन्त्री?

चिनियाँ रक्षामन्त्री रचाङ वान क्वान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा।

काठमाडौं– एशिया प्रशान्त क्षेत्रको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान चुवान बिहीबार काठमाडौं ओर्लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको भ्रमणमा निस्किनभन्दा १० घन्टा अगाडि उनी काठमाडौं अवतरण गरेका हुन्।

रक्षामन्त्री बालकृष्ण खाँडको औपचारिक निमन्त्रणामा नेपाल आएका क्वानले बिहीबार चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका छन्। रक्षा प्रवक्ता उत्तमप्रसाद नागिलाले चिनियाँ रक्षामन्त्री क्वानले बिहीबार नै आफ्ना समकक्षी खाँडसँग भेटवार्ता गर्ने बताए। यस्तै सेनाको उपत्यका पृतना नारायणहिटीको समेत क्वानले अवलोकन गरेका छन्।

भारतले चीनका दुवै परियोजनाका लागि भारतीय सेनाका पूर्व जनरल अशोक मेहतालाई अघोषित दुतका रुपमा प्रयोग गर्न थालेपछि चिनियाँ पक्षले क्षेत्रिय सुरक्षाका सवालमा एशिया प्रशान्तमा रहेका देशसँग उच्च तहका नेता तथा पदाधिकारी मार्फत् ‘वन टु वन’ वार्ताको रणनीति बनाएको हो।

रक्षा मन्त्रालयकाअनुसार बिहीबार नेपालस्थित चिनियाँ दुतावासमा क्वानले रात्रीभोजको आयोजना गरेका छन्। साँझ सवा पाँचदेखि आठ बजेसम्म हुने रात्रीभोजमा मन्त्रिपरिषदका सदस्य, राजनीतिक दलका नेता, कुटनीतिक नियोगका अधिकारी र उद्यमीहरु निम्तालु रहेका छन्। क्वान नेतृत्वको भ्रमण दलका लागि होटल सोल्टीमा बस्ने ब्यवस्था सरकारले गरेको छ।

चीनको महत्वकाक्षी परियोजना वान रोड वान बेल्ट (ओबीओआर), सिल्क रोड र सैनिक सहयोग बिस्तारका लागि क्षेत्रिय सुरक्षाको रणनीतिक योजना अनुसार १९ सदस्सीय टोलीको नेतृत्व गर्दै क्वान नेपाल आएका हुन्।

उनका अनुसार सद्भावना भ्रमणका लागि आएका क्वानले राष्ट्रपति विद्यादेबी भण्डारी र उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै क्वानले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता र क्वानले भूकम्पले क्षतिग्रस्त काठमाडौं दरबार क्षेत्रको समेत अवलोकन गर्नेछन्।

चीनका महत्वकाक्षी दुवै परियोजनाका लागि नेपालको लिखित सर्मथन आवश्यक रहे पनि परियोजना अन्तर्गत क्षेत्रिय सुरक्षाका बिषयमा भारतले चासो राख्दै आएको छ।

भारतले चीनका दुवै परियोजनाका लागि भारतीय सेनाका पूर्व जनरल अशोक मेहतालाई अघोषित दुतका रुपमा प्रयोग गर्न थालेपछि चिनियाँ पक्षले क्षेत्रिय सुरक्षाका सवालमा एशिया प्रशान्तमा रहेका देशसँग उच्च तहका नेता तथा पदाधिकारी मार्फत् ‘वन टु वन’ वार्ताको रणनीति बनाएको हो।

यसका लागि पछिल्लो केही महिनायता चीनका उच्च सैनिक अधिकारीले नेपाल भ्रमण गरिसकेका छन्। हाल आउन लागेका नेता चीनको रणनीतिक योजनामा उठेको क्षेत्रीय सुरक्षा सवाललाई अन्तिम सम्बोधन गर्न एशिया प्रशान्तको भ्रमणमा निस्किएका हुन्।

चीनको स्टेट काउन्सिलर समेत रहेका क्वान तीन दिन लामो भ्रमणका लागि नेपाल आएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल बोअाओ सम्मेलनमा भाग लिन
 

प्रकाशित: १० चैत्र २०७३ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App