काठमाडौ – संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ । सरकारले दलीय कोटामा आधारमा विभिन्न १२ देशका लागि राजदुत सिफारिस गरेको थियो । सिफारिसमा नेपाली काँग्रेसको कोटामा ५ , माओवादी ४ र राप्रपा २ र फोरम लोकतान्त्रिकको एक व्यक्ति थिए ।
उनीहरूको नाममा परेको उजुरी अध्ययन गर्दै समितिले बुधवार पारित गरेको हो। उनीहरू विरुद्ध समितिमा छ थान उजुरी दर्ता भएको थियो ।
सरकारले लक्की शेर्पा अष्ट्रेलिया, निरन्जनकुमार थापा इजरायल, शर्मिला ढकाल पराजुली ओमान, रमेश कोइराला कतार, अर्जुनजङ्गवहादुर सिंह गणतन्त्र कोरिया, प्रतिभा राणा जापान र युवनाथ लम्साल डेनमार्कका लागि सिफारिस भई उनीहरूको नाममा सार्वजनिक सूचना गरेको थियो । चोपलाल भुसाल, बङ्गलादेश, पदम सुन्दास बहराइन, भीमकृष्ण उदास म्यान्मार, विश्वभर प्याकुरेल श्रीलङ्का र महेन्द्रप्रसाद राजपुत साउदी अरेवियाका लागि सिफारिस भएका थिए ।
उनीहरुका विरुद्ध परेको उजुरी सुनुवाई गर्दा अस्वीकार गर्ने आधार नदेखिएपछि बहुमतले स्वीकृत गरेको समितिका सभापति कुलबहादुर गुरुङले बताए । समितिले उनीहरुको नाममा परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रले सम्वन्धित देशमा एग्रीमोका लागि पत्र पठाउने छ । उक्त देशवाट स्वीकृत भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
प्रकाशित: ९ चैत्र २०७३ १०:०७ बुधबार