राजनीति

गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिद्वारा ४८२ जनाको कैद सजाय माफी

राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढा समेतका ४८२ जनाको कैद सजाय माफी गरेका छन्।

आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जनाको कैद सजाय माफी गरेको जानकारी दिएको हो।

उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित: १४ जेष्ठ २०८० १२:५५ आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल