राजनीति

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

त्यसैगरी उनले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा कार्यरत दुर्गाबहादुर सुवेदीलाई आयरल्यान्डका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्।

प्रकाशित: ८ चैत्र २०७३ १४:४१ मंगलबार

राजदूत खनाललाई देशको जिम्मेवारी